सुदूरपश्चिममा कांग्रेस एक्लै लड्छ, गठबन्धन छैन र हुँदैन: बलायर
2022/03/14, 11:56
 
da

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। आगामी स्थानीय तहको निर्वाचन सन्दर्भमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियानका क्रममा आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘नेपाली कांग्रेसले बनाएको संविधान जोगाउन कांग्रेस एक्लैले प्रयास गर्छ’ उनले भने, ‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन। कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्दैन।’ उनले गठबन्धनका नाममा कांग्रेस कार्यकर्ताहरुलाई पेलेको आरोप लगाए। ‘गाउँगाउँमा जानुहोस्, कम्युनिस्ट सरकारले गरेको गलत क्रियाकलापहरूको भण्डाफोर गर्नुस्’ उनले भने।