
नेपाली बजारमा सोमबार सुनको मूल्य ५ सयले ओरालो लागेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुन तोलामा ५ सयले बढेर १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ।

आइतबार सुन तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ कायम गरेको थियो। महासंघका अनुसार तेजावी सुन भने तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार तेजावी सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि १० रुपैयाँले ओरालो लागेको छ। आज चाँदी तोलाको १४ सय २५ रुपैयाँले किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा मूल्य घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56