
दार्चुलामा चिउरी प्रशोधन गरेर साबुन उत्पादन सुरु भएको छ। मार्मा गाउँपालिका र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा शिवालिङ्ग बचत तथा ऋण सहकारीमार्फत साबुन उत्पादन सुरु भएको हो।

गाउँपालिकाका जलश्रोत अधिकृत रमेशचन्द्र अवस्थीका अनुसार झण्डै एक करोड बढी लगानीमा स्थानीयस्तरमै रहेको चिउरीलाई प्रशोधन गरेर हर्बल साबुन उत्पादन गरिएको हो। मार्मा साबुन नाम दिइएको नुहाउने हर्बल साबुन उत्पादन गरेर बजारमा पठाउने तयारी भएको अवस्थीले बताए।
कच्चा पदार्थ मगाएर लुगा धुने साबुन पनि उत्पादन गरिएको छ। पहिलो चरणमा १२ हजार पीस साबुन उत्पादन गरेको बताइएको छ। उत्पादित साबुनलाई मार्मा, शैल्यशिखरको गोकुलेश्वर, बैतडी डडेल्धुरा र धनगढीसम्म पठाउने तयारी गरिएको अवस्थीले बताए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/04, 3:49
2022/03/08, 7:55
2020/06/09, 4:40
2020/10/12, 5:18