डोटीमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु
2022/03/19, 3:41
 
aa

डोटीमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा आदर्श गाउँपालिका–२ साउद काँडाका ८ वर्षीय दुरज साउदको मृत्यु भएको हो।

ट्र्याक्टरसहित चालक धनगढी उपमहानगरपालिका–१६ का २२ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।