सुदूरपश्चिम महोत्सवको तयारी पुरा, मुख्यमन्त्रि भट्टले उद्घाटन गर्ने
2022/03/23, 7:13
 
ss

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको छ । धनगढी १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

चैत १० गते देखी २० गते सम्म चल्ने महोत्सवको बदलिँदो मौसमका बाबजुद छोटो समयमा तयारी तीव्र पारिएको बताउदै कैलाली उद्योग वाणिज्यका एक पदाधिकारीले उद्घाटनको पर्खाईमा बसेको बताए ।  महोत्सबको उद्घाटन दीउसो २ बजे सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले गर्ने कार्यक्रम तय भएको बताउदै उनले त्यस अघि बिहान १० बजे प्रभातफेरीको आयोजना गरीने बताए ।

त्यस्तै, महोत्सवका लागी व्यापारिक स्टलहरू नौलो तरिकाले सजावटको काम र व्यवस्थापनको काम भएको बताउँदै उनले बिहानै स्टलहरू, झुला, टिकटक पोईन्ट, सेल्फी पोईन्ट, बुल राईडीङ लगायतका विभिन्न कुराहरूको व्यवस्थापन गरेको बताए ।