सेन्चुरी कमर्सियल बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
2022/03/23, 7:32
 
ss

सेन्चुरी कमर्सियल बैंक धनगढी शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । Build your future, be smart about money'   भन्ने मुल नारा रहेको १० औं ग्लोबल मनी विक २०२२ मनाउने क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को फुलबारीमा वित्तिय साक्षरता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । सो कार्यक्रम सेन्चुरी कमर्सियल बैंक का सुदुरपश्चिम प्रदेश प्रमुख बिशाल गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो । 

सो कार्यक्रममा धनगढी शाखा प्रमुख नगेन्द्र रत्न कोइराला सहित बैंकका कर्मचारीका साथै स्थानीयहरुको उपस्थिति रहेको थियो । किशोरकिशोरी तथा युवायुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु साथै सुरक्षित बैकिङ्घ कारोकार गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले समय–समयमा बित्तिय सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । हाल बैकले १२९ शाखा, १० बिस्तारित काउन्टर, २६ शाखारहित बैंकिङ्घ र ११३ एटिएम मार्फत बित्तिय सेवा दिदै आएको छ । 

Global Money Week (GMW)  हरेक मुलुकका किशोर किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियान हो । यो सप्ताह Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष धेरै मुलुकमा मनाउँदै आइएको छ । यही अभिप्राय बमोजिम कार्यक्रमले पैसा वा व्यक्तिगत आय आर्जनको पहिचान गर्नुका साथै पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्य प्रति सबैलाई बित्तिय जानकर गरी बित्तिय पहुच अभिबृद्धि तथा बैंकिङ्घ क्षेत्र सबलिकरण गरी सर्बाङगिण बिकास मा योगदान दिनु थियो ।