
दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार गरिएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बिहीवार बिहान बँदेलका लागि थापेको पासोमा फसेको चितुवालाई २४ घण्टापछि उद्धार गरिएको हो। बर्दिया राष्ट्रिय निकुञ्जबाट गएको टोलीले चितुवाको उद्धार गरेको हो। चितुवालाई होसमा आएपछि अवस्था हेरेर प्राकृतिक वन क्षेत्रमा छाडिने बताइएको छ।

हिजो दिन र रातभर वन कर्मचारी र प्रहरीले पहरा दिएका थिए। बिहान पुगेको टोलीले डार्ट गरी चितुवालाई लठ्याएर नियन्त्रणमा लिएको दार्चुलाका निमित्त वन डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52