
बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका–६ शान्तिटोलकी १७ वर्षीया पुष्पा चँदाराको भीरबाट लडेर मृत्यु भएको हो।

घरबाट सामान किन्न पसल गएकी पुष्पाको शुक्रबार बेलुकी ७ बजेतिरको समयमा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त कलक चँदाराले बताए। पसलबाट राति ८ बजेसम्म घर नफर्किएपछि खोजी गर्दा उनी लडेर मृत्यु भएको अवस्थामा फेला परेको बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32