
अछाममा म्यादी प्रहरीका लागि २ हजार बढीको आवेदन परेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १ हजार २ सय ३२ जना म्यादी प्रहरीका लागि २ हजार १५ जनाको आवेदन परेको हो। ३ सय ४१ जना महिला र १ हजार ६ सय ७४ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन दिएका हुन्।
आवेदन दिएकाहरुको छनौट चैत १५ गतेदेखि सुरु हुने बताइएको छ। छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइनेछ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49