डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा कैलालीका एक जनाको मृत्यु
2022/03/29, 2:46
 
dd

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ मा गजेडाबाट चौखुट्टे जाँदै गरेको से१त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा ट्र्याक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका–३ का २४ वर्षीय ज्ञानेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

सहचालक अछामको चौरपाटी गाउँपालिका(३ का अन्दाजी २५ वर्षीय नरबहादुर भूलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सडक भत्केको र साँघुरो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ।