
अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् ।

ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटी तर्फ जादै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पौने ८ बजे पल्टीएको थियो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27