भीटीएम आएपछि रोकिएको स्वाब संकलन सुरु
2020/06/21, 7:53
 
korona

सुदूरपश्चिम प्रदेशमा भीटीएम (स्वाब राख्ने भाँडो) सकिँदा एक सातादेखि प्रभावित भएको स्वाब संकलनको काम आईतवारदेखि सुरु भएको छ । केही स्थानीय तहले आफैं किनेर संकलन गरे पनि अधिकांश ठाउँमा स्वाब संकलन रोकिएकोमा तीन हजार भिटिएम पुगेपछि स्वाब संकलनको काम सुरु भएको सामाजिक मन्त्रालय मातहतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । 

संघीय सरकारले कोरोना परीक्षणका लागि स्वाव संकलन गर्दा आवश्यक पर्ने भिटिएम पठाएको छ । स्वास्थ्य महाशाखा प्रमुख कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजार भिटिएम पठाएको जानकारी दिए । यस्तै सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि एक हजार भीटीएम खरिद गरेकोमा त्यो पनि धनगढी आईसकेको छ ।

 भिटिएम ल्याइएसंगै फेरी स्वाब संकलन सुरु भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । प्रदेश सरकारसंग भिटिएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको थिएन ।