धनगढीमा ग्रान्ड अस्ट्रेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न
2019/09/18, 1:15
 
jdssfd

धनगढी ,२८ भाद्र - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, धनगढीको आयोजनामा आज एक दिने ग्रान्ड अस्ट्रेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न भएको छ । अध्ययन, पिआर र अन्य प्रयोजनका लागी अस्ट्रेलिया र क्यानडा जान ईच्छुकहरु लाई खर्च एवम् अन्य सम्पूर्ण प्रकृयाहरुका बारेमा जानकारी गराउन आयोजित सेमिनारमा एक्सपर्ट अस्ट्रेलियाका साथै अस्ट्रेलिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरु को समेत सहभागिता रहेको थियो । 
धनगढी स्थित होटल रुबसमा विहान एघार बजे शुरु भै अपरान्ह चार बजे सम्म संचालित सेमिनारमा झण्डै एक हजार बढि अवलोकनकर्ताहरु ले अस्ट्रेलिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरु संग प्रत्यक्षरुपमा साक्षात्कार गरी जानकारी लिएका  थिए । 
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले उक्त सेमिनार अस्ट्रेलिया र क्यानडा जान चाहने हरुका लागी एउटा अवसर भएको बताए । साथै उनले अस्ट्रेलिया र क्यानडा जान अब राजधानी धाईराख्न नपर्ने र भिसा सम्बन्धि सम्पूर्ण प्रकृया धनगढीकै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज बाट हुने भएकोले त्यसबाट अस्ट्रेलिया र क्यानडा जान चाहनेहरु लाई फाईदा पुग्ने बताए । 
सेमिनारमा एक्सपर्ट नेपालका कन्ट्री म्यानेजर शरद पाठकले अस्ट्रेलिया जाने प्रकृया र एक्सपर्टका बारेमा प्रस्तुती दिएका थिए । एक्सपर्ट धनगढी का अध्यक्ष बिजय चौधरीको सभापतित्वमा संचालित कार्यक्रममा अस्ट्रेलिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरुले समेत आफ्नो मन्तव्य राखेका थिए ।