हुरी प्रभावित विद्यालयलाई जस्ता पाता सहयोग
2019/09/18, 1:23
 
dfdf

धनगढी, भदौ १७ - जेठ २३ गते आएको हावाहुरीबाट प्रभावित धनगढीका पाँच वडा विद्यालयहरुलाई मंगलबार जस्तापाता सहयोग गरिएको छ ।
धनगढी उप–महानगरपालिकाको समन्वय तथा मानविय सेवामा अनेकौ प्रयास धनगढीको उपलब्ध गराएका जस्तापाताहरु विद्यालयलाई सहयोग गरिएको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र मानविय सेवामा अनेकौ प्रयास धनगढीका अध्यक्ष भक्तराज जोशीले संयुक्त रुपमा प्रभावित विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई जस्तापाता हस्तान्तरण गरेका हुन ।
वडा नं ८ को राष्ट्रिय मावि बेलीलाई ४५ थान, वडा नं १८ को ईन्द्रोदय माविलाई २ सय १६ थान,  वाडा नं १५ को राष्ट्रिय मावि उर्मिलाई ४८ थान, वडा नं १२ को सारदा मावि जुगेडालाई ५७ थान र वडा नं ११ को जोकैया प्राविलाई ४८ थान जस्तापाता हस्तान्तरण गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए । नगरप्रमुख वडले पढाईको गुणस्तर सुधार गर्ने विद्यालयहरुलाई सबै किसिमको सहयोग गर्न उप–महानगरपालिका तयार रहेको बताए । उनले भने, संचालनका नाममा मात्रै संचालन गरिएका विद्यालयका बारेमा भने सोच्ने बेला आएको छ ।
मानवताका लागि अनेकौ प्रयास धनगढीका अध्यक्ष भक्तराज जोशीले बिपदमा परेकाहरुलाई सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए । उनले भने, धनगढी उप–महानगरपालिकाले उपलब्ध गराएको मापदण्डमा रहेर १ सय ६ जनालाई नगद राहत पनि उपलब्ध गराएका थियौं ।