आउँदो शनिवार धनगढीमा अस्ट्रेलिया र क्यानडा लक्षित शैक्षिक मेला
2019/09/18, 1:19
 
fgfg

धनगढी, भदौ २६ - धनगढीमा आउँदो शनिवार अस्ट्रेलिया र क्यानडा लक्षित शैक्षिक मेला(एजुकेसन फेयर) आयोजना हुने भएको छ । एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसको आयोजनामा आगामी शनिवार धनगढीमा एजुकेसन फेयर हुने आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

मेला बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसका मार्केटिङ म्यानेजर हरिकृष्ण चौधरीले विद्यार्थीहरूलाई अस्ट्रेलिया र क्यानडा जान सहज होस् भन्ने उद्देश्यले फेयर आयोजना गरिएको बताए । मेलामा अस्ट्रेलिया र क्यानडाका ७ वटा कलेजका प्रतिनिधिहरू समेत आउने उनले जानकारी दिए ।
अस्ट्रेलिया र क्यानडा जानेक्रममा नेपाली विद्यार्थीहरू ठगिने क्रम बढेको भन्दै अभिभावकहरू तथा विद्यार्थीहरूलाई त्यहाँ जानेक्रममा अपनाउनु पर्ने प्रक्रिया बारे मेलामा जानकारी गराइने छ । 
मेलामा ९ वटा स्टलहरू रहने छन् । जसमा विद्यार्थीहरूले अस्ट्रेलिया र क्यानडामा रहेको विभिन्न कलेजहरूबारे जानकारी पाउन सक्ने आयोजकले बताएको छ । मेलामा १ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको उपस्थिति हुने अपेक्षा गरिएको छ ।
विगतमा अस्ट्रेलिया मात्रै पठाउँदै आएको एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसले आगामी दिनमा क्यानडा समेत विद्यार्थी पठाउने जनाएको छ ।