माछापुच्छे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा सञ्चालनमा 
2022/03/31, 5:17
 
aa

माछापुच्छे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा सञ्चालनमा आएको छ । सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरममा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याईएको हो ।

नयाँ शाखाको आज धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको पनि सहभागीता रहेको थियो ।

1

नयाँ शाखा सञ्चालनमा भएसँगै कैलालीमा बैंकका चार वटा शाखा पुगेका छन् । हरेक वर्ग समुदायसम्म बैकिङ पहुँच पुराउने उद्देश्यले राजपुरमा शाखा स्थापना गरिएको माछापुच्छे बैंकले जनाएको छ । 

नयाँ शाखा मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पुर्ण बैकिङ सेवा र सुविधाहरु दिईनेछ ।  माछापुच्छे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्टेन्स काउन्टर, १५७ शाखा रहित बैकिङ र २०३ एटिएम मार्फत १३ लाख ग्राहकलाई सेवा दिदै आएको छ ।