
अत्तरियाको पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रवार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानीयहरूले तोडफोड गरेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएको हो । डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए ।

मृतकका आफन्तले ढुङ्गा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ भने अस्पताल परिसरमा तनावग्रस्त स्थिति सृजना भएको छ । मृतकका आफन्तहरूले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35