
कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि अवरुद्ध पारिएको सडक सञ्चालनमा आएको छ । अस्पतालमा उपचाररत गोदावरी नगरपालिका –३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्युपछि अत्तरियामा सडक अवरुद्ध पारिएको थियो ।

तर अहिले अवरुद्ध यातायात सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।आक्रोशित आफन्त र अस्पतालबिच सहमतिको प्रयास भइरहेको बताइएको छ ।
डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भएका मृतकका आफन्तले शनिवार बिहान अस्पतालमा ढुंगामुडा प्रहार गरेका थिए भने अत्तरियाको यातायात पनि अवरुद्ध पारेका थिए ।

ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेका छन् । आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35