
बाजुरमा हराएका ५ जना युवती भेटिएका छन्। जिल्लाको बुढीनन्दा नगरपालिका–८ की २२ वर्षीया शान्ती शाही, बुढीनन्दा–५ की १६ वर्षीया असिना लुहार, १२ वर्षीया रेश्मी लुहार, १३ वर्षीया प्रेङ्का लुहार र २३ वर्षीया शान्ती मल्ललाई प्रहरीले हराएको २ दिनपछि भेटाएको हो।

यही चैत १७ गते कसैलाई थाहै नदिई घरबाट हराएका उनीहरुलाई शनिबार फेला पारी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आफन्तले उनीहरु घरबाट हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
हिजो सवारी चेकजाँच गर्ने क्रममा बाजुरा सदरमुकाम मार्तडीबाट अछाम साँफेबगरतर्फ गइरहेको से१ज ६४८ नम्बरको जीपमा उनीहरुलाई फेला पारेको प्रहरीले बताएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35