सुदूरपश्चिम महोत्सव २०७८ सम्पन्न
2022/04/04, 10:37
 
aa

चैत १० गतेबाट धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सब आईतबार एक समारोहका बिच समापन गरिएको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरको अध्यक्षतामा सम्पन्न महोत्सव समापन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड प्रमुख अतिथि रहेका थिए ।

No description available.
प्रमुख अतिथि वडले महोत्सबले यस क्षेत्रको कला र संस्कृतिको जगेर्ना गरेको बताए । उनले महोत्सवका कारण धनगढीको ब्यबसायमा पनि ठुलो सहयोग पुगेको उल्लेख गरे । सुदूरपश्चिम महोत्सव सुदूरपश्चिमवासीको पर्बका रुपमा स्थापित भैषकेको बताउँदै नगरप्रमुख वडले बिचमा दुई बर्ष कोभिडका कारण पर्ब रोकिएकाले समस्या भएको उल्लेख गरे ।

No description available.
समापन कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेल, बिभिन्न राजनितिक दलका प्रतिनिधि, पत्रकार, उद्योग ब्यबसायी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले महोत्सबमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

No description available.
हरेक बर्ष मंसिर २२ गते देखि संचालन हुने महोत्सब यस पटक भने कोभिडका कारण चैत १० गतेबाट संचालन भएको हो ।

No description available.