धनगढीका एक युवकले बिमा कम्पनीले झुलाएको भन्दै आत्महत्या गर्ने धम्की दिएका छन् । धनगढीको सब्जीमण्डीमा रहेको नेहारिका मोवाईबल पसलका सञ्चालक सन्तोष मण्डलले सार्वजनिक रुपमा नै आत्महत्या गर्ने धम्की दिएका छन् । उनले आफुले युनाईटेड ईन्सोरेन्स बिमा कम्पनीलाई पटक पटकभन्दा पनि बिमा वापतको रकम नदिएको भन्दै आत्महत्या गर्ने भनेर फेशबुकमै लेखेका हुन् । शनिवार राति उनले लेखेको स्टाटसमा बिमा कम्पनीमै गएर आफुलाई मार्ने लेखो छन् ।
उनले स्टाटसमा लेखेका छन्– ‘भयो म आफुलाई सम्हाल्न नसकेर यो जानकरी सबै दाजुभाई व्यापारीमा गर्न जादैछु म सोच्दा सोच्दा परेसान भई सके आफूलाई मारी दिउ झै लाग्छ के जस्को पहुँच छैन जो सङ्ग खुवाउन पैसा छैन उस्को काम नहुने मेरो पसल २०७५ साल १२ महिना २० गते चोरी भएको आज लगभग १४, १५ महिना भयो मैले गरेको बिमा युनाईटेड बिमा कम्पनीमा बिमा गर्दा कुनै सर्वे आको थिएन हजुरले बिमा गराउँदा किन सर्वे पहिला हुदैन घटना भएपछि तपाईंहरुले आफुले पालेका सर्वेहरुलाइ जस्लाई पिडा भाछ अझ तेस्लाई पिडा दे भन्नुहुन्छ कहिले यो पुगेन कहिले आईएमई बन्द गर्नुपर्यो कहिले तपाइ यहा जानूपर्यो कहिले उहाँ जानूपर्यो कहिले यो भएन त कहिले त्यो आखिर किन यसो तपाईहरुले कहिलेसम्म हामीलाई दुःख दिने अब म थाकी सके सायद पहिला नाई बिमा कम्पनी र सर्वेलाई खुवाको भैदा मैले एक बर्षसम्म भन्दा बढी लाग्थियन होला । मैले युनाइटेड बिमा कम्पनी धनगढीमा बिमा गराको हो । मलाइ उहाँ हरुको भनाइ अनुसार असार मसान्तमा मेरो पसलमा ६० लाखको सामान थियो रे यो हाम्रो नियमभन्दा बढी को छ मैले जति चोरी भयो र सम्पुर्ण कागज अदालतको कागज देखाइ सके मेरो पसल चैत महिनामा चोरी भएको हो मेरो भनाइ तपाईहरुले मेरो फागुन महिनाको चैत महिनाको स्टक हेर्नुस उहाँहरुको नियम छ रे सब नियम उहाहरुले नै बनाउने है ठिक छ मैले बैंकको ब्याज हालिराछु बैंकले पनि परेसान गरिसक्यो अब म सँग तिर्नलाई केही छैन आफ्नो शरिर बाहेक !’
रातिको समयमा उनले लेखेको स्टाटसमा अगाडी लेखेका छन्– ‘मलाई नसोधी बिमा कम्पनीले ६ लाख ४० हजारको चेक पठाउनुभयो के जायज रकम हो भने म लिन्छु ? अनि धम्की पनि लगाउनु हुन्छ कि तपाईले नबुझेमा त्यो राशी सँग हामी बन्चित गर्छौ । मलाइ बाच्ने मन छैन कैलाली उद्योग वाणिज्य संघलाई जानकारी गराउन चाहन्छु कि मेरो मृत्युको जिम्मेवार युनाइटेड विमा कम्पनी हुनेछ म भोली विहान ११ बजे विमा कम्पनीमा जाँदै छु र मेरो सुनुवाई नभएमा म आफुलाइ तेही विमा कम्पनीमा मार्छु !!’