कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारद्धारा ६० करोड खर्च
2020/06/21, 11:07
 
korona

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सुदूर पश्चिम प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि ६० करोड रुपैया खर्च गरेको बताएका छन् । मन्त्री बोहराले कोरोना रोकथामका लागि सुदूर पश्चिम सरकारले ६० करोड रुपैया खर्च गरिएको बताए । मन्त्री बोहराले आर्थिक वर्ष २०७७,७८ को बजेटमा पनि स्वास्थ्यलाई  प्राथमिकतामा राखिएको बताए ।

उनले भौतिक पूर्बाधार मन्त्रालयलको सफ्टवेयर पीएलएमवीएस लक गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयले रातारात प्रकृया विपरित योजनाहरु समाविष्ट गरेको आरोपमा सत्यता नभएको बताए । त्यो सफ्टवेयरको पासवर्ड आर्थिक मामिला मन्त्रालयले नै भौतिक पूर्बाधार मन्त्रालयलाई दिने हो, हामीसंगै त्यसको पासवर्ड हुन्छ भने लक गर्ने अथवा ह्याक गर्ने भन्ने कसरी हुन्छ ? उनले भने, योजनालाई सन्तुलित गर्ने जिम्मेवारी पनि आर्थिक मामिला तथा योजना मन्त्रालयको नै हो ।

बजेट र योजनालाई सन्तुलित गर्नुपर्ने जिम्मेवारी पुरा गर्दा अनावश्यक प्रचार भयो । मन्त्री बोहराले भारतबाट आएका  सुदूरपश्चिमेली दाजुभाई तथा दिदी बहिनीहरुलाई स्वरोजगार तथा उद्यमसिल बनाउन स्वरोजगार कोषको सय करोड रुपैया कार्यविधि बनाएर परिचालन गरिने बताए । उनले सरकारले सुदूर पश्चिमको विकास, समृद्धि र कोरोनाको रोकथामका लागि आवश्यक कार्य गरिरहेपनि सत्ता पक्षकै केही सांसदहरुले विरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गरे  ।