डोटीमा पनि गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति
2022/04/06, 11:09
 
dd

सत्ता गठबन्धन दलबीच डोटीमा पनि स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । मंगलबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले चुनावी तालमेल गर्ने सहमति गरेका हुन् । केन्द्रमा गठबन्धनमा रहेको जनमोर्चा भने तालमेलमा सामेल भएन । बैठकमा जनमोर्चाका कुनैपनि प्रतिनिधि सहभागि भएका थिएन् ।

बैठकले आपसी समझदारीका आधारमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको नेपाली काँग्रेस डोटीले जनाएको छ । बैठमा नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, उपसभापति बाजीसिंह खड्का ‘विजय’, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी, नेता नारद मलासी र माओवादी केन्द्रका खगेन्द्र साउद ‘केबी’को उपस्थिति रहेको थियो ।

डोटीसहित सुदूरपश्चिमका चार जिल्लामा गठबन्धन दलबीच तुनावी तालमेल गर्ने निर्णय भएको छ । यसअघि कञ्चनपुर, अछाम र डडेल्धुरामा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ ।