
स्थानीय तह निर्वाचनका लागि कैलाली जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नामावली बिहीबार सार्वजनिक गरेको हो ।
म्यादी प्रहरी भर्नाका लागि लिइएको अन्तर्वार्तामा उत्तीर्ण भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको नामावली यस कार्यालयको सूचना पाटी र जिल्ला प्रहरी कार्यालय कैलालीको फेसबुक पेजमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मुख्य तर्फ उत्तीर्ण भएका उम्मेद्वारहरुले मिति २०७८/१२/२७ गते बिहान ८ बजे सक्कल नागरिकताको प्रमाणपत्र, प्रवेश पत्र, स्थायी लेखा नम्बर (पान कार्ड) सहित नियुक्ति पत्र बुझ्नको लागि प्रदेश प्रहरी कार्यालय धनगढीको खेल मैदानमा आउन अनुरोध गरेको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/23, 4:15
2022/02/21, 3:46
2020/12/27, 6:18