सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारीमा
2022/04/29, 7:26
 
dd

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट निर्माण तयारीमा जुटेको छ । चालू आर्थिक वर्षमा लक्ष्यको आधा पनि बजेट खर्च हुने सम्भावना निकै न्युन भएका कारण प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटको खर्च हुन बा“की रकम आगामी वर्षको बजेटमा समावेश गर्नेगरी बजेट निर्माण गर्ने जनाएको छ ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेशका मन्त्रालय तथा मातहातका कार्यालयहरुलाई बजेटको सिलिङ पठाइसकेको जनाएको छ । मन्त्रालयले आवश्यक कार्यक्रम तथा योजनाका लागि सरोकारवालाहरुसंग आगामी आर्थिक वर्षको वजेट निर्माणमा सरोकारवालाहरुसंग रायसुझाव लिन शुरु गरेको छ । शुक्रबार मन्त्रालयले आगामी वर्षको बजेट निर्माणका लागि धनगढीस्थित सञ्चारकर्मीहरुसंग राय सुझाव मागेको थियो । 

सोे अवसरमा बोल्दै मन्त्री प्रकाश रावलले आगामी बजेटमा टुक्रे योजना समावेश नगर्ने र मन्दिर तथा अन्य अनावश्यक योजनामा बजेट नराखिने बताए । उनले अहिले मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुमा बजेट सिलिङ पठाएको र सोही अनुसार मन्त्रालयहरुले योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताए । उनले भने –‘अहिले मन्त्रालयले झण्डै २५ अर्वको हाराहारिमा मन्त्रालयमा बजेट सिलिङ पठाएको छ । केन्द्रले विनियोजन गर्ने बजेटका आधारमा प्रदेशको आगामी आर्थिक वर्षको बजेट आकार बन्ने छ ।’ उनले आगामी आर्थिक वर्षमा बजेटको आकार  ३१ अर्बको हाराहारीमा हुन सक्ने बताए । यद्यपी अहिलेको खस्कदो अर्थतन्त्रका कारण केही भन्न नसकिने उनको भनाई थियो । 

संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानिकरण र राजश्व बाँडफाँडको बजेट सिलि∙ समेत पठाइसकको छ । मन्त्री रावलले अहिले देखिएको अर्थतन्त्रको अवस्थालाई मध्येनजर गर्दै प्रदेशमा पनि अनावश्यक सामाग्रीको आयातमा रोक लगाउने गरि प्रदेश सरकारले मापदण्ड तयार गरिरहेको बताए । उनले विलासिता सामानको आयातमा कमी ल्याउन प्रदेश सरकारले तयारी गरिरहेको बताए ।

उनले प्रदेशमा अन्तराष्ट्रिय नाका नहु“दा ठुला कलकाराखानालाई लगानी गर्न समस्या भइरहेको बताए । उनले भने ‘अहिले व्यापारीहरुले विराटनगरबाट कच्चा पदार्थ मह“गोमा ल्याउनुपर्ने अवस्था छ । सरकारले कञ्चनपुरमा सुख्खा बन्दरगाह बनाउने योजना लिएको छ । त्यो बनेमा प्रदेशको मुहार फेरिने छ ।’ 

मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले कृषि तथा वन, पूर्वाधार, पर्यटन, उर्जा, मानव पू“जि निर्माणनै प्रदेश सरकारको नीति तथा कार्यक्रम रहने बताए । उनले दिग्दर्शनमा उल्लिखित मार्गदर्शनलाई आधार मानी बजेट तर्जुमा गरिने बताए । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयले प्रदेश सभा संसदिय समितिका पदाधिकारी, प्रदेश सभा सदस्य, मन्त्री, पूर्व अर्थमन्त्री, नीजि क्षेत्रका व्यवसायिक संघसंस्था, नागरिक समाज, बुद्धिजीवि, आम सञ्चार र सरोकारवालाहरुसंग छलफल गर्ने बताए । मन्त्रालयमै आयोजित सञ्चारकर्मीहरुसंगको छलफलमा सञ्चारकर्मीहरुले प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्थामा प्रश्न खडा गरेका थिए ।

वरिष्ठ पत्रकार चित्रांग थापाले प्रदेश सरकारले विगत पा“च वर्षमा प्रदेशले गौरव गर्ने योजना ल्याउन नसकेको बताए । उनले प्रदेश सरकारले टुक्रे योजनामा बजेट तथा कार्यक्रम बनाउ“दा बजेटको खर्च प्रतिशतमा कमि र प्रदेशको योजना कार्यान्वयन पनि सुस्त गतिमा अघि बढेको बताए । उनले प्रदेश सरकारको बजेट धेरै भएपनि कार्यान्वयन भने सुस्त गतिमा अघि बढेको बताए ।