
काठमाडौंबाट धनगढी आउँदै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ । विदेशबाट फर्किएकाहरुलाई बोकेर धनगढी आउँदै गरेको बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दुर्घटना भएको हो ।

बस नवलपरासीमा दुर्घटना भएको बसमा सवार एक जना यात्रु वीरेन्द्र रावले बताए । दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् भने अन्यलाई सामान्य चोट लागेको रावलले बताए। बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना सवार रहेका थिए ।
दुर्घटनापछि यात्रुहरुलाई अर्को बसको व्यवस्था गरी गन्तव्य तर्फ पठाउने कार्य भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15