डडेल्धुरामा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्यो, ५ करोड बजेट सुनिश्चित
2022/05/09, 4:33

डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो।

वातावरणीय प्रभाव मूल्यांकनसँगै विमालस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित भइसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।
विमालस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेटको व्यवस्थापन गरिएको उनले बताए। डडेल्धुरामा निर्माण हुने विमानस्थलका लागि मन्त्रालयले बजेटको सुनिश्चितता गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जानकारी दिए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/19, 8:36
2021/01/29, 1:05
2021/08/18, 1:20
2022/06/04, 5:12
2022/08/18, 3:32