क्वारेन्टिनमा बसेका युवकद्वारा आत्महत्या
2020/06/22, 9:45
 
suside

बझाङमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् ।

तीन दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले आईतबार राति झुण्डिएर आत्महत्या गरेको वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए । ६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेकोमा अचानक आईतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिएको उनले बताए ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको छ । आत्महत्या गरेका युवकको आरडीटी समेत गर्न बाँकी थियो । ति युवक बसेको क्वारेन्टाइनमा अहिले चार जना रहेका छन् । उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ ।