
अछामको साँफेबगर नगपालिका १३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो ।

बाब्लामा नेकपा एमाले९माओवादी केन्द्र र कांग्रेस९नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए ।
झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए । अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32