बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर
2022/05/14, 6:33

बाजुराको धुलाचौरमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । मतपेटिका संकलन गर्ने क्रममा तीन मतपेटिकाको सिल तोडिएको विषयमा विवाद हुँदा झडप भएको हो ।

एमालेका कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताहरूलाई सिल तोडेको आरोप लगाउँदा झडपले उग्र रूप लिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।
प्रहरीले झडप नियन्त्रणमा लिन ९ राउन्ड हवाई फायर गर्नुपरेको थियो । घटनास्थलमा प्रहरी तैनाथ छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32