धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ 
2022/05/20, 5:21
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। शुक्रवार विहान धनगढी–१ बैयाबेहडीबाट सोही ठाउँका २८ वर्षीय शंकर चौधरी, वडा नम्बर २ बस्ने २३ वर्षीय सरोज चौधरी र वडा नम्बर ३ बस्ने २८ वर्षीय राजा भगत पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीनै जनालाई शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा २ सय मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो।  उनीहरुलाई लागूऔषध बिक्रि गर्ने वडा नम्बर २ का पंकज चौधरी भने फरार छन्। तर उनको कोठामा तलासी गर्दा गर्दा ४ ग्राम खैरो हिरोइन फेला परेको कैलाली प्रहरीले जनाएको छ।

फरार पंकजको खोजी कार्य भइरहेको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।