वडाध्यक्षले पसलेहरूलाई भने : बालबालिकालाई सूर्ती र मदिराजन्य पदार्थ नबेच्नू
2022/05/26, 2:10
 
ss

कैलालीको धनगढी उपमहानगरपालिका-५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सूर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ।

बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सूर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा १८ वर्षमुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो। बालबालिकाहरूले धुम्रपान र मद्यपान बिक्री वितरण तथा सेवन गरिरहेको गुनासो बढेपछि सो सूचना जारी गरिएको वडाध्यक्ष गजेन्द्र शाहीले बताए।

लागूपदार्थ दुर्व्यसनीले देशमै प्रश्रय पाएको हुँदा नियन्त्रण गर्न पनि वडा कार्यालयले ऐनबमोजिम वडामा सो नियमलाई कडाइसाथ अघि बढाइएको उनले बताए। यससँगै वडा कार्यालय क्षेत्रभित्र रहेका विद्यालय तथा सार्वजनिक कार्यालयको एक सय मिटरभित्र सूर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा पनि रोक लगाइने उनको भनाइ थियो।