अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ ।
निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआइजी० मोहनकुमार आचार्यले बताए।
उनकाअनुसार शनिबार साँझ अछामतर्फ गएको सीआईबीको टोली घटनास्थल पुगेर आइतबारबाट काम थाल्नेछ । उक्त टोलीमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह ९आरआईटी० का सदस्यहरु समेत छन् ।
जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार घर नजिकै मृत अवस्थामा फेला परेका थिए । उनी मृत भेटिएपछि प्रशासन विरुद्ध स्थानीय प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।