कैलाली उद्योग बाणिज्य संघको निर्वाचनः कुँवरद्वारा टिम घोषणा, यस्ता छन् प्रतिबद्धता
2022/06/06, 5:46
 
ss

कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि पुष्पराज कुँवरले टिम घोषणा गरेका छन्। वर्तमान अध्यक्ष समेत रहेका कुँवर प्यानलसहित उद्योग बाणिज्य संघको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

जेठ २८ गते हुने उद्योग बाणिज्य संघको चुनाव हुदै छ। उक्त चुनावमा दुइ समूहले छुट्टाछुट्टै प्यानल सहित टिम घोषणा गरेका हुन्। व्यवसायी सुरेन्द्र राठीले पनि नेतृत्वका लागि प्यानलसहित टिम घोषणा गरेका छन्। 


कुँवरको टिमबाट को-को छन् उम्मेदवार ?

अध्यक्षः पुस्पराज कुंवर 
वरिष्ठ उपाध्यक्षः पुस्करराज ओझा
एसोसिएट उपाध्यक्षः मनोज अग्रवाल
उद्योग उपाध्यक्षः दिनेश राज लम्साल
बाणिज्य उपाध्यक्षः गगनराज केसी
वस्तुगत उपाध्यक्षः लक्ष्मण राज पन्त
महासचिवः ओम बहादुर बिस्ट
कोषाध्यक्षः भिमराज ओझा अब्बु
सचिवः शुरेश पाण्डे

सदस्यहरुः कबिन्द्र पन्त, कोपिला कुँवर, कृष्णा कुमारी बिष्ट, तिलक बहादुर बोहरा, प्रकाश कुमार चन्द, मिलन कुँवर, रबी कुँवर, राधिका चौधरी, रूपेश खड्का, लोकराज भट्ट, बिबेक शर्मा, शम्भु लामिछाने, श्यामराज जोशी, सन्तोष लामिछाने, सुरेन्द्र कुमार बोहरा, सुरेन्द्र बहादुर कड़ायत बाशुदेब भट्ट

यस्तो छ कुँवर टिमको प्रतिबद्धता

ब्यवसायमा देखिएको अस्वस्थ प्रतिस्प्रधा अन्त्यका लागि पहल गर्ने
चर्को घरभाडाका सवालमा स्थानीय सरकारसंग समन्वय गरेर त्रिपक्षीय सम्झौताको खाका तयार गर्न पैरवी गर्ने
राज्यका सरोकारवाला निकाय, कर, भन्सार, प्रहरी, प्रशासन र बित्तीय संस्थासंग मैत्रिपूर्ण वातावरणका लागि अनलाइन हेल्प डेस्कको स्थापना गर्ने
साना ब्यवसायको सुरक्षाका लागि लागि सरकार र वित्तीय संस्थासंग समन्वय र सहकार्य गर्ने
ब्यवसाय र ब्यवसायीलाई डिजिटल माध्यमबाट जोडी परामर्श दिन डिजिटल मञ्चको स्थापना गर्ने
मास ब्यवसायिक बिमाका लागि पहल तथा पैरवी गर्ने
दक्ष जनशक्तीका लागि जनशक्ती बैकंको स्थापना गर्ने
अनुसन्धानसहित ब्यवसाय सञ्चालन गर्न निशुल्क वा सशुल्क तालिम सञ्चालन गर्ने
नवसञ्चालित ब्यवसायका लागि रणनैतिक समस्या समाधान, बजार ब्यवस्थापन र प्रचार प्रसार गर्न हेल्प डेस्कको स्थापना गर्ने
सुचनाको अभावका कारण परेको ब्यवसायीक दुबिधा समाधान गर्न अभिमुखीकरण कार्यक्रमको ब्यवस्था गर्ने
ग्राहक सम्बन्ध ब्यवस्थापन, उद्यम संसाधन योजना र ब्यवस्थापनका लागि दक्ष तालिमकर्ताबाट सशुल्क तालिमको ब्यवस्थापन गर्ने