सशस्त्रमा एसएसपीमा बढुवा सिफारिस, धनगढीका शाहको नाम पहिलो नम्बरमा
2022/06/14, 11:26
 
ss

 गृह मन्त्रालयले ९ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको यही जेठ ३० गतेको निर्णयअनुसार उनीहरुलाई उक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो। 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस हुनेमा दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा छन्। हाल कामु एसएसपीको रुपमा काम गर्दै आइरहेका उनीहरुलाई एसएसपी बनाउन लागिएको हो।

बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने बढु्वा समितिको सचिवालयले जनाएको छ ।  पहिलो नम्बरमा सिफारिस भएका शाह धनगढीका हुन् ।