
धनगढी उपमहानगरपालिकाले धनगढीका नालाहरूको अतिक्रमण हटाउन सुरु गरेको छ ।धनगढी डुवानको मुख्य कारण खोलानाला अतिक्रमण भएकाले खोलानाला अतिक्रमण नहटाउन्जेल सम्म धनगढी डुवानको समस्या समाधान नहुने भन्दै बुधबारदेखि नालाहरूको अतिक्रमण अटाउन सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।

बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गरेको नगर प्रमुख हमालले बताए ।

सो कार्यमा सहयोग गरिदिनहुन सम्पूर्ण धनगढीवासीमा उनले अपिल गरेका छन् । पछिल्लो समय धनगढीका नालाहरू अतिक्रमण भएकै कारण धनगढी डुवानमा पर्दै आएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/14, 10:16
2022/02/07, 1:27
2023/02/20, 5:41
2020/11/10, 3:58