
कैलालीको धनगढीमा बिहीबारदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो।

वितरण केन्द्रका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट सहिद गेटदेखि क्याम्पस चोकसम्म सडक विस्तारको क्रममा नाला तथा कल्भर्टमा परेका पुराना पोल हटाउन र विद्युत संरचना स्थानान्तरण गर्नका लागि विद्युत अवरुद्ध हुने भएको हो। विहान ८ बजेदेखि अपरान्ह १२ बजेसम्म विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार हसनपुर फिडरअन्तर्गत पर्ने नेपाल राष्ट्र बैंक आसपासको क्षेत्र र हसनपुरदेखि क्याम्पस चोक आसपासको क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/30, 11:46
2022/12/08, 6:25
2024/05/13, 1:07