
पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेश कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन्। आज बिहीवार मात्रै प्रदेशमा ९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ३०७ जनाको एन्टिजेन र २१ जनाको पीसीआर परीक्षण गर्दा आज ९ जनामा संक्रमण पुष्टि भएको हो।
धनगढीको सेती प्रादेशिक अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ६ जना र कैलाली–कञ्चनपुरमा ३०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ।

प्रदेशमा १९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/11, 10:25
2022/02/02, 1:11
2022/09/15, 2:02
2024/01/25, 11:11
2020/08/13, 8:43