उत्तर प्रदेशबाट घर फर्किन चाहने नेपालीको आवश्यक प्रबन्ध मिलाउन योगीको निर्देशन
2020/05/12, 1:18

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने नेपालीलाई आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। उनले नेपाल–भारत सीमासम्म पुगाउने व्यवस्था मिलाउन राज्यका अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

मुख्यमन्त्रीले अधिकारीहरुलाई निर्देशन दिइएको बारे मुख्यमन्त्रीको सचिवालयले ट्वीटरमार्फत जानकारी दिएको छ।
योगीले उत्तर प्रदेशमै बस्न चाहने नेपालीका लागि पनि आवश्यक प्रबन्ध मिलाउन स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।

उत्तर प्रदेशको पलियामा मात्रै ५० दिनदेखि झण्डै तीन सय नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39