

योग गुरु बाबा रामदेवले ७ दिनमा कोरोना भाइरस ठिक पार्ने बनाउने औषधि ल्याएको दावी गरेका छन् । उनले पतञ्जली योगपीठले तयार गरेको कोरोनिल नामक औषधी लञ्च गरेका छन् । शरीरको प्रतिरोध क्षमता बढाउने गिलोय, तुलसी र अश्वगन्धा कोरोनिलमा रहेको रामदेवले बताएका छन् । उक्त औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने समेत दाबी गरिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार रामदेवले कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको दावी गरेका छन् । १०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए । यसमा मृत्युदर शुन्य प्रतिशत रहेको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39