जिल्ला प्रशासन कार्यालय बाजुराद्वारा सेवा स्थगन, बडीमालिकामा शोक बिदा
2022/07/04, 2:19

जिल्ला प्रशासन कार्यालय बाजुराले आफ्ना सेवाहरु स्थगन गरेको छ। कार्यालयले आइतबार एक सूचना जारी गर्दै आज सोमबार बाट अत्यावश्यक बाहेकका सेवा स्थगन गरिने जनाएको हो।

यही असार २३ गते बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन हुने भएकाले २० गतेदेखि २४ गतेसम्मलाई अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको सूचनामार्फत बताइएको छ।
यस्तै, बडीमालिका नगरपालिकाले आज सोमबार शोक विदा दिएको छ। नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको निधन भएकाले शोक बिदा दिइएको हो। नगरपालिकाले कार्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53