
धनगढी वर्षापछि आएको बाढीका कारण कैलालीको खुटिया खोलाको पुल झोखिममा परेको छ। बाढीले पुल सुरक्षित राख्न बनाएको कटपबाल भत्काउँदा पुल जोखिममा परेको हो।

पुलको दक्षिणतर्फ करिब ४० मिटर कटप पानीले बगाउँदा नदी बस्ती पस्ने र पुल नै जोखिममा परेको स्थानीयले बताएका छन्। कटप वाल असुरक्षित बन्दै गएको र बाढी आउँदा कुनै पनि बेला भत्काउन सक्ने भन्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएको स्थानीय करण बोगटीले बताए।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले कटप वाल तत्काल मर्मतका लागि जनशक्ति परिचालन गर्ने बताएका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50