
सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा गोली चल्दा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा यो घटना भएको हो । पाकिस्तानले लाइन अफ कन्ट्रोलमा युद्धविरामको उल्लंघन गर्दै गोलीबारी गर्दा भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको हो ।
कार्की यो घटनामा परी गम्भीर घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको हो ।

भारतको सुरक्षा प्रवक्ताका अनुसार यो घटना सोमबार बिहान भएको हो । भारत र पाकिस्तानको बीचमा बढ्दो तनावको कारण पछिल्लो समय सीमा क्षेत्र अशान्त देखिएको छ । गत जुन ५ यता भारत–पाकिस्तान सीमाक्षेत्रमा मृत्यु हुने दीपक चौथो सैनिक हुन् ।
स्रोत : हिन्दूस्तान टाइम्स
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39