
पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर आज स्वदेश फर्केकी छन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन् ।

मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि हिमानी फर्किएको पुष्टि गरे ।
दिउसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टिनमा बसेका छन् । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको महाप्रबन्धक केसीले जानकारी दिए ।

हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22