भारतले धौलीगङ्गाको बाँध खोल्यो, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह
2022/07/15, 10:53

भारतले धौलीगङ्गा जलविद्युत् परियोजना बाँधको ढोका खोलेको छ। आयोजनाको नहर सफाइ गर्न शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि बाँध खोलिएको हो।

बाँध खोलिएसँगै आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएकाले नदी आसपासमा विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ। नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न अनुरोध गरिएको हो।
भारतले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेला सरसफाइ गर्ने गरेको छ। दार्चुला र धार्चुलाबाट लगभग १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाइएको बाँधबाट २८० मेगावाटको विद्युत उत्पादन भइरहेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09