अछामको मंगलसेनले भन्यो - अस्थायी र करारका कर्मचारी काममा नआउनू
2022/07/16, 12:40
 
nagarpalika

 अछामको मंगलसेन नगरपालिकाले नगरपालिकाले करार, अस्थायी र ज्यालादारीका कर्मचारीलाई काममा नआउन भनेको छ। शुक्रबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्रलगागतका कार्यालयमा कार्यरत करार, अस्थायी र ज्यालादारीका कर्मचारीलाई नआउन भनिएको हो।

करार सम्झौता यही असार मसान्तमा सकिएको हुँदा साउन १ गतेबाट सम्बन्धित कार्यालयमा हाजिरी नगराउन सूचनामार्फत निर्देशन दिइएको छ। कर्मचारीहरुलाई अर्को निर्णय नभएसम्म काममा नफर्किन भनिएको छ।

त्यस्तै, कार्यालयलाई जानकारी नगराई बिदामा बसेको, नियमित रुपमा कार्यालयमा उपस्थित नभएको, कार्यालय पोशाक लगाउने नगरेको, कार्यालयको गोपनीयता भंग गरेको, कार्यालयको विरुद्धमा सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणीहरु गर्ने लगायतका गतिविधि गरेका कर्मचारीहरुको करार सम्झौता नवीकरण नगरिने सूचनामा उल्लेख छ।