धनगढी बजार जलमग्न
2022/07/20, 12:54
 
ss

बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।

 खोला, नाला अतिक्रमणमा परेका कारण हरेक वर्षको बर्खामा धनगढी ढुबानमा पर्ने गरेको छ ।