सुदुरपश्चिमका ग्रामीण सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या
2022/07/24, 5:59
 
a

सुदुरपश्चिमका ग्रामीण सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ। लगातार वर्षाका कारण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर ग्रामीण सडकहरू अवरुद्ध भएपछिआवतजावतमा समस्या भएको हो । सुदुरपश्चिमका सात पहाडी जिल्लाका अधिकांस ग्रामिण सडक लगातारको बर्षाका कारण पटक पटक अवरुद्ध हुने गरेका छन् ।डोटी, अछाम,बझाङ्ग बाजुरा, बैतडी, डडेल्धुरा, दार्चुलाका अधिकांस ग्रामिण सडकहरु अवरुद्ध हुने गरेका छन्।

यस्तै दार्चुलाको दोस्रो मुख्य मार्ग खलंगा–दल्लेख–खार–देथला सडकको मालबेला क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि जोखिम मोलेर आवतजावत गरिरहेका छन् । खाल्डाखुल्डी र हिलाम्मे हुँदा सवारी यातायात अवरुद्ध भएको छ । चले पनि गन्तव्यसम्म नपुग्ने अवस्था भएको सवारी चालक सन्तोष ठगुन्नाले बताए । गाउँ जाने सडक बन्द भएपछि अहिले गाडी घरमा थन्काइएको छ । एक हप्ता देखी नचलाएको उनले बताएका छन् । उनले भने, ‘पक्की सडकमा बुकिङका यात्रु पाइए चलाउँछु । यस्तै दार्चुला दुहु गाउँपालिका–१ पिपलचौरीका तोयराज जोशीले अहिले उक्त सडक बन्द भएको तीन साता भएको बताए। पछिल्ला दिनहरूमा गाउँसम्म यातायात नपुग्दा खाद्यान्न बोक्नुपर्ने र यात्रुलाई पनि समस्या भएको उनको भनाई छ। ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। गाडी गुडाउन सकिने अवस्था नभएपछि बिरामीलाई अस्पताल पुर्‍याउनै मुस्किल हुने गरेको छ ।

दार्चुलाका सबैजसो ग्रामीण सडक कच्ची छन् । कच्ची सडकहरू हिलाम्य भएर सवारीसाधन सञ्चालनमा समस्या भएको चालक महादेव भट्टले बताए । कच्ची सडकमा गाडी चलाउन समस्या भएर यात्रुलाई समेत बीच सडकमै ओराल्नुपर्ने बाध्यता भएको उनले बताए । गाडी गुडाउन सकिने अवस्था नभएपछि बिरामीलाई अस्पताल पुर्‍याउनै मुस्किल हुने गरेको छ। एक महिनादेखि गाडी चल्न समेत बन्द भएको र ट्र्याक्टरको प्रयोगले सडक पुरै हिलाम्य र ठूलठूला खाल्डाहरूकै कारण अवरुद्ध भएका छन्। सदरमुकामदेखि सञ्चालन हुने सवारी तथा ढुवानीका साधनहरू बन्द भएका छन्। विभिन्न सडक खण्डमा यातायातका साधन नचल्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। खोलामा आवतजावत गर्न साना काठका पुल बनाइएका छन्। कतिखेर चिप्लिएर खोलामा खसिन्छ भन्ने डर पनि उत्तिकै छ। अर्कोतिर बाटोमा पहिरो खस्ने समस्या पनि उस्तै छ। धेरै ठाउँमा सडकमाथिबाट पहिरो आएर दुर्घटना हुन सक्ने सम्भावना धेरै देखिन्छ । स्थानीयस्तरमा उब्जानी कम हुने हुँदा यहाँका परिवारहरू बजारबाट लगेर दैनिक गुजारा चलाउँदै आएका छन्।