महिला क्वारेन्टिनमा रहेकालाई लुगा हस्तान्तरण
2020/06/09, 4:40
 
up pramukh

 धनगढी उप–महानगरपालिकाको समन्वयमा यू.एन.एफ.पी.ए.ले उप–महानगरपालिकाले संचालन गरेको महिला क्वारेन्टीनमा रहेकाहरुलाई लगाउने लुगा हस्तान्तरण गरेको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले उप–महानगरपालिकाले धनगढीको बि पोलिटेकमा स्थापना गरेको क्वारेन्टीनमा राखिएका ९ जना महिलालाई धोती, पेटीकोट सेनेटरी प्याड, साबुन लगायतका सामाग्री उपलब्ध गराएकी हुन ।

उप–महानगरपालिकाले महिलाहरुका लागि छुट्टै क्वारिन्टीन स्थापना गरेको बताईन । महिला संगै रहेका वालबालिकाहरुका लागि खेलौना पनि दिएका छौं उप–प्रमुख भट्टले भनिन्, धेरैजसो क्वारिन्टीनमा योग अभ्यास गराउने काम पनि भैरहेको छ । धनगढी उप–महानगरपालिकाले आफ्नो श्रोत साधनले भ्याए सम्म क्वारेन्टीनलाई ब्यबस्थापन गर्ने काम गरेको छ उप–प्रमुख भट्टले भनिन्, म प्रत्येक क्वारिन्टीनमा पुगेकी छु ।

यू.एन.एफ.पी.ए का मदन बागचन्दले धनगढी उप–महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टीनको ब्यबस्था गरेर उदारणिय काम गरेको बताए ।