
धनगढीका थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप ३० जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का ६/६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै ३, ७, १२ र १३ का एक/एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए। योसँगै धनगढीमा संक्रमितको संख्या ९ सय ७९ पुगेको छ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54